राइके डाँडामा नेपालकै सबैभन्दा ठूलो नक्साको शिलान्यास
राइके डाँडामा नेपालकै सबैभन्दा ठूलो नक्साको शिलान्यास
    • उमेश बुढा

    • ६ बैशाख २०८२, शनिबार

जुम्ला ।

सिँजा गाउँपालिका वडा नम्बर ३ र ४ मा पर्ने राइके डाँडामा नेपालकै सबै भन्दा ठुल्ला नेपालकाे नक्साकाे शिलान्यास माननीय बिनिता कठायतले गरेकी छन् ।  सरकारले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएर तयार पारेको नयाँ नक्सा सार्वजनिक गरेकाे थियाे  ।

भारतले नेपालको भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि नेपालको भू–भाग समेटेर सरकारले नयाँ प्रशासनिक र राजनीतिक नयाँ  चुच्चे नक्सा सार्वजनिक गरेको हो । उक्त नक्सा सिँजाकाे राइके डाँडामा बन्ने भएको छ । कर्णाली राजमार्ग नाग्म गमगढी सडक खण्डकाे चुलेल गाउँबाट हेर्दा राइकेकाे पाखाे वा डाँडा पूरै देखिन्छ ।

र सुन्दर सेरोफेरोमा रहेकाे डाँडामा नेपालकाे बिशाल नक्सा बन्न लागेकाे हाे । सिँजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालका अनुसार नेपालकाे नक्सा बनाउने लक्ष्य राखे तर बजेट कताबाट गर्ने भन्ने ठुलाे चिन्तामा थिए ।

माननीय बिनिता कठायतसँग कुरा राख्दा उहाँले मेराे कुरा मान्नु भयाे । र उनकाे पहलमा संघबाट  एक कराेड रुपैया छुट्याए पछि अहिले नेपालकै सबैभन्दा ठुलाे नक्साकाे कठायतद्वारा शिलान्यास गर्न पाएकाे धितालले बताउनु भयाे । राइके डाँडामा नेपालकै सबैभन्दा ठुलाे नक्साकाे लम्बाई १५० मिटर र चौडाई ३० मिटर रहेकाे धितालले भने , विदेशी तथा  स्वदेशी पर्यटनलाई आक्रषण गर्दै सिँजाकाे आर्थिक उन्नतिमा टेवा पुग्ने उद्येश्यका साथ यस डाँडामा नक्सा बनाएकाे हाे ।

माननीय बिनिता कठायतका अनुसार सिँजा गाउँपालिकाले यति राम्रो याेजना ल्याएकाे छ । यसलाई महिले पनि ठिक छ । भनेर नेपालकाे नक्सा बनाउनकाे लागि संसदमा बेला बेला कुरा राख्दै जाँदा अहिले बजेटकाे लागि सफल भएका छौं। सिँजाकाे राइके डाँडामा नेपालकै सबैभन्दा ठुलाे नक्साकाे शिलान्यास माननीय बिनिता कठायतले गर्नु भएको छ ।

साताकाे चर्चित
सम्बन्धित