गाडीको ठक्करबाट एक जनाको मृत्यु
गाडीको ठक्करबाट एक जनाको मृत्यु
    • बेल संचार

    • ७ बैशाख २०८२, आईतवार

 सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

वीरेन्द्रनगरस्थित रेडियो नेपालको कार्यालय नजिकै फोर्स गाडीले ठक्कर दिँदा जुम्लाको हिमा गाउँपालिका–४ घर भएका करिब ५५ वर्षीय कालीबहादुर बुढाको ज्यान गएको हो।

ठक्करबाट गम्भीर घाइते भएका बुढाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित