प्रहरीलाई झुक्याएर निषेधित क्षेत्रमा प्रदर्शन, राप्रपाका नेताहरू नियन्त्रणमा
प्रहरीलाई झुक्याएर निषेधित क्षेत्रमा प्रदर्शन, राप्रपाका नेताहरू नियन्त्रणमा
    • बेल संचार

    • ७ बैशाख २०८२, आईतवार

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीद्वारा नियन्त्रणमा लिइएको छ।

तीनकुने घटनाको न्यायिक छानबिनको माग गर्दै राप्रपाले माइतीघरदेखि नयाँ बानेश्वर सडकसम्म प्रदर्शन गरिरहेका बेला पार्टी अध्यक्ष लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, नेता दीपक सिंह लगायतका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने भन्दै प्रवेश गरेका थिए।

त्यसपश्चात् उनीहरूले सडक प्रदर्शनमा सहभागी हुन सिंहदरबारको दक्षिण गेटबाट बाहिरिन खोज्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो। तर, सिंहदरबारलाई निषेधित क्षेत्र घोषणा गरिएको अवस्थामा समेत नेताहरूले त्यहीँभित्र प्रदर्शन गरेपछि प्रहरीले लिङ्देन, शाही, सिंहलगायत नेताहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूलाई काठमाडौं प्रहरी परिसरमा राखिएको जनाइएको छ।

प्रहरीले नेताहरूलाई नियन्त्रणमा लिएपछि राप्रपाका कार्यकर्ताहरूले माइतीघर मण्डलामा नारा लगाउँदै प्रदर्शन जारी राखेका छन्। प्रदर्शनकारीहरूले ‘हाम्रा नेता रिहा गर’, ‘न्यायिक छानबिन गर’ जस्ता नारा लगाउँदै तत्काल रिहाइको माग गरिरहेका छन्।

साताकाे चर्चित
सम्बन्धित