हिमाको नुन त खाएँ, गुन तिर्न बाँकी छ” – मन्त्री यादव
हिमाको नुन त खाएँ, गुन तिर्न बाँकी छ” – मन्त्री यादव
    • उमेश बुढा

    • ८ बैशाख २०८२, सोमबार

जुम्ला

खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको हिमा गाउँपालिका–१, देवारगाउँ तल्लो बस्तीमा आयोजित ‘पूर्ण सरसफाइ उन्मुख घोषणा समारोह’लाई सम्बोधन गर्दै दिएको अभिव्यक्ति अहिले चर्चामा आएको छ।

मन्त्री यादवले, “हिमाको नुन खाएको छु, हिमाकै काम गर्छु,” भनेर स्थानीयलाई आश्वस्त पार्ने प्रयास गरे । यद्यपि, उक्त समारोह हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको भए पनि मन्त्री यादवले हिमा गाउँपालिकालाई मात्र प्राथमिकता दिएको देखिएको छ।

मन्त्री पदमा रहेका व्यक्तिबाट यस्तो एकपक्षीय अभिव्यक्ति आउनु उचित नभएको टिप्पणीसमेत सुनिन थालेको छ। स्थानीय विश्लेषकहरूको भनाइमा, मन्त्रीको यस्तो भनाइले अन्य पालिकाका जनप्रतिनिधि तथा बासिन्दामा असन्तोष सिर्जना गर्नुका साथै समाज र राष्ट्रमा विभेदपूर्ण सोचको सन्देश दिन सक्ने खतरा रहेको छ।

साताकाे चर्चित
सम्बन्धित