मलाई पनि समावेश गर भन्ने ३ दिने सम्मेलन ललितपुरमा सम्पन्न
मलाई पनि समावेश गर भन्ने ३ दिने सम्मेलन ललितपुरमा सम्पन्न
    • शर्मिला विश्वकर्मा

    • ९ बैशाख २०८२, मंगलवार

काठमाणडौ

मलाई पनि समावेश गर ” Kathmandu : Include me Too” भन्दै अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल कंग्रेस (Nepal Congress for Person with Disabilities) ३ दिने सम्मेलन ललितपुरको Kathmandu University School of Management को कार्यकक्षमा सम्पन्न गरिएको छ ।

अप्रिल १५ -१७ अर्थात् गत वैशाख २, ३ र ४ गते Kathmandu University School of Management, Socialartist .events, Sakshyam, Berdem, को संयुक्त सहकार्यमा आयोजना गरिएको काठमाणडौः मलाई मलाइ पनि समावेश गर ” Kathmandu : Include me Too” Nepal Congress for Person with Disabilities सम्मेलनमा पहिलो दिन अर्थात् अप्रिल १५ तारिखका दिन जर्मनी नागरिक थोमसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशिता, सरकारी तथा गैर सरकारी निकायहरू, नागरिक समाज, विशेषज्ञ र अपाङ्गता भएका व्यक्तिहरूलाई एउटै मञ्चमा ल्याएर उनीहरूको समावेशी शिक्षा, अपाङ्गता भएमा व्यक्तिहरूका लागि बनेका ऐन, कानुन, नीति नियम कार्यान्वयन, अपाङ्गता मैत्री संरचना, समान सहभागिता, पहुँचुक्ता सामाजिक सुरक्षा भत्ता तथा सेवा सुविधा लगायतका विषयका व्यवस्था, चुनौती र समाधान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

यस सम्मेलनमा हरि शर्माले “Social Justice and Public police for people with Disabilities in Nepal” नेपालमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सामाजिक न्याय र सार्वजनिक नीतिको अवस्थाको बारेमा प्रस्ट पार्नु भएको थियो । यस सम्मेलनको पहिलो दिन पहिलो प्यानल Discussion अन्तर्गत “Sustainable Cities and Issues of Accessible infrastructure” दिगो सहरहरू र पहुँचयोग्य पूर्वदारहरूका सवालमा Kathmandu University School of Management सहरी योजनाका सह- प्राध्यापक डा. चन्द्रलाल पाण्डे, नेपाल अपाङ्ग महिला संघकी महासचिव देवकुमारी पराजुली र सहरी योजना विभागका गिरीराज गोर्खाली बिचमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचको अवस्था, भएका ऐन कानुनहरूको कार्यान्वयन र अपाङ्गता भएका व्यक्तिहरूले ती निकायबाट लिने सेवा सुविधाहरूका विषयमा छलफल भएको भएको थियो । अपाङ्गता भएका व्यक्तिहरूका लागि ३ दिने कंग्रेस ” Kathmandu : Include me Too” मा ” Social Protection Policies and Practices for Persons with disabilities ” अपाङ्गता भएका व्यक्तिहरूका लागि सामाजिक सुरक्षा नीति र अभ्यासका विषयमा सरकारी अधिकारी कीर्तिराज सुवेदी, अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्ती केन्द्र काठमाडौँका महासचिव गणेश के.सी., अपाङ्गता भएका व्यक्तिका अभिभावक विनोद दाहाल बिच प्यानल छलफल भएको थियो । यस छलफलमा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्ती केन्द्रका महासचिव गणेश के.सी.ले अपाङ्गता भएका व्यक्तिहरूका लागि राज्यले प्रदान गरेको सामाजिक सुरक्षा भत्ता अपाङ्गता भएका व्यक्तिहरूका लागि अर्थपूर्ण नभएको भन्दै यसमा विभेद भएको गुनासो गर्नु भयो ।

साथै उहाँले राज्यले बनाउने विभिन्न ऐन कानुन तथा नीति नियमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गर्नु पर्ने, अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने विभिन्न संघ संस्थाहरूले गरेका कामहरूको स्थलगत अनुगमन गर्नु पर्ने, अपाङ्गता प्रतिको नकारात्मक सोचमा सकारात्मक परिवर्तनका लागि काम गर्नु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी अभिभावक विनोद दाहालले अपाङ्गता भएका व्यक्तिहरू पनि यही देशको नागरिक भएको, अपाङ्गताकै आधारमा उनीहरूलाई सामाजिक सुरक्षा भत्तामा मात्रै सीमित गर्न नहुने, उनीहरूको आवश्यकता पहिचान गरी घर परिवार तथा समाजमा नै पुनर्स्थापना गराउनका लागि सबैले साथ सहयोग गर्नु पर्ने बताउनु भयो । यस छलफलमा सरकारी अधिकारी कीर्तिराज सुवेदीले हरेक स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरूका कार्यक्रम सञ्चालन गर्नका लागि वार्षिक बजेटमा समावेश गर्नु पर्ने, सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अपाङ्गताको आवश्यकताको पहिचान गर्नु पर्ने, नीति नियमहरूमा सुधार ल्याउनु पर्ने र अपाङ्गता भएका व्यक्तिहरूका लागि सबै सरोकारवाला निकायहरू र सम्बन्धी अन्य व्यक्तिहरू मिलेर काम गर्नु पर्ने कुरामा जोड दिनु भयो । सम्मेलनको दोस्रो दिन अप्रिल १६ तारिख अर्थात् वैशाख ३ गते जर्मनी नागरिक थोमसले “Best Practices for inclusion” समावेशीकरणका लागि उपयुक्त अभ्यासहरूका विषयमा प्रस्तुतीकरण गर्नु भयो ।

यसै क्रममा उहाँले यो समाजले अन्य नागरिकहरूको तुलनामा अपाङ्गता भएका व्यक्तिहरूलाई बहिष्करणमा पारेको, समान पहुँचबाट वञ्चित गरेको भए पनि हामी अपाङ्गता भएका व्यक्तिहरूमा सकारात्मक सोचको विकास हुनुका साथै आत्म विश्वासका साथ अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भयो । यसै क्रममा ” Inclusive education : policy and Practice in Nepal ” नेपालमा समावेशी शिक्षा: नीति र अभ्यास विषयमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका शाखा अधिकृत दीपक माझी, IE expert पदम महर र अटिजम अपाङ्गताका अभिभावक तथा विशेष शिक्षिका उन्नति सिम्खडा बिचमा छलफल भएको थियो । यसै छलफलका क्रममा IE expert पदम महरले नेपालमा सन् १०६० देखि दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका लागि शिक्षाको सुरुवात गरिएको र वि.स.२०२८ मा नीतिगत रूपमा समावेशी शिक्षाको सुरुवात भएको, नीतिगत रूपमा विभिन्न समयमा क्रमिक रूपमा धेरै परिवर्तन भएको बताउनु भयो ।

साथै उहाँले शिक्षा नीतिले सके सम्म सबै बालबालिकाहरूलाई शिक्षाको मूलधारमा ल्याउने, नेपालका ३० प्रतिशत भन्दा बढी विद्यार्थीहरूलाई समावेशी बनाउने, यसमा पनि २ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू पुर्यािउने लक्ष्य रहेको बताउनु भयो । छलफल कै क्रममा तथा मानव श्रोत विकास केन्द्रका शाखा अधिकृत दीपक माझीले विद्यालयमा अपाङ्गता भएका बालबालिकाहरूको पहिचानका लागि {स्रकिनिङ्ग} गर्ने, यस पटक ८ लाख बालबालिकाको स्रकिनिङ्ग गरेको र यस क्रिनिङ्गबाट अपाङ्गता भएका बालबालिकाहरूको संख्या कति पत्ता लाग्ने, उनीहरूका लागि के कस्ता आवश्यक सहायक सामग्री आवश्यक हुने भन्ने पहिचान गरी काम गर्दै आएको बताउनु भयो । साथै अपाङ्गता भएका बालबालिकाहरूको शिक्षाको निरन्तरताको लागि अपाङ्गताको आधारमा छात्रवृत्ति उपलब्ध गराइएको, जसमा २७ हजार विद्यालयहरूमा विभिन्न प्रकारका ५४ हजार ६ सय ८७ जना अपाङ्गता भएका विद्यार्थीहरूले अध्ययन गर्ने जानकारी दिनु भयो ।

त्यसै गरी अटिजम अपाङ्गताका अभिभावक तथा विशेष शिक्षिका उन्नति सिम्खडाले अधिकांश विद्यालयहरूले विकासात्मक अपाङ्गता भएका बालबालिकाहरूलाई भर्ना गर्न नमान्ने, सामाजिकीकरणमा केही मात्रमा अपाङ्गतालाई परिवारले स्वीकार गरेता पनि समाजले स्वीकार गर्न नसकेको बताउनु भयो । साथै उहाँले समाजमा अपाङ्गता सम्बन्धी पूर्णपुरमा सचेतना नभएको र पाइलै पाइलामा चुनौती रहेको बताउनु भयो । यस ३ दिने सम्मेलनमा समावेशी शिक्षाका लागि समावेशी शिक्षा अभ्यासकर्ता पवित्रा राणा मगरले Inclusive education समावेशी शिक्षाका विषयमा प्रस्तुतीकरण गर्नु भयो भने Policy Landscape and their inclusion people with disabilities अपाङ्गता भएका व्यक्तिहरूका लागि नीतिगत परिदृश्य र समावेशीकरण विषयमा Kathmandu University School of Management का सह- प्राध्यापक विनय कुमार मिश्र, LB पुन र यही विश्व विद्यालय र LACM मा अध्यापन गराउने शिक्षक नितेश कुमार शाहले छलफल गर्नु भएको थियो । यस छलफलमा Kathmandu University School of Management र LACM मा अध्यापन गराउने शिक्षक नितेश कुमार शाहले आफू शारीरिक अपाङ्गता भएकै कारण सहयोगी लेखकका क्रममा निकै चुनौतीको सामना गर्न परेको, अपाङ्गता भएकै कारण सामाजिक विभेद सहन परेको आफ्नो अनुभव सुनाउनु भयो । साथै उहाँले नेपालको संविधानमा अपाङ्गताका सवालहरू समावेश गरिएको, राज्यका नीति नियम, ऐन कानुनहरूमा अपाङ्गताका सवालहरूलाई व्यवस्था गरिएको भए पनि कार्यान्वयन हुन नसक्दा अपाङ्गता भएका व्यक्तिहरूलाई चुनौती रहेको बताउनु भयो ।

Kathmandu University School of Management का सह- प्राध्यापक LP पुनले हाम्रो समाजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरू प्रतिको सोच नकारात्मक रहेको भन्दै यस विषयमा सबै सरोकारवाला निकायहरू मिलेर काम गर्नु पर्ने बताउनु भयो र साथै उहाँले कुनै पनि नीतिनियमहरु बनाउँदा सबै नागरिकको पहुँच पुग्ने गरी, अपाङ्गताको विविधता अनुसार बनाइनु पर्ने, अपाङ्गता प्रतिको नकारात्मक सोचमा परिवर्तन गरिनु पर्ने बताउनु भयो । छलफलमा Kathmandu University School of Management का सह- प्राध्यापक विनय कुमार मिश्रले अपाङ्गता भएका व्यक्तिहरूका लागि नीति नियमहरू राम्रो बनेको भएता पनि कार्यान्वयन हुन नसक्दा अपाङ्गता भएका व्यक्तिहरूले चुनौतीको सामना गर्न परेको भन्दै Kathmandu University School of Management लाई अपाङ्गता मैत्री बनाउनको लागि सम्बन्धित निकायसँग कुरा राख्ने बताउनु भयो ।

अप्रिल १५ -१७ अर्थात् गत वैशाख २, ३ र ४ गते Kathmandu University School of Management, Socialartist .events, Sakshyam, Berdem, को संयुक्त सहकार्यमा आयोजना गरिएको काठमाणडौः मलाई मलाइ पनि समावेश गर ” Kathmandu : Include me Too” Nepal Congress for Person with Disabilities सम्मेलनको तेस्रो दिन “Barriers for inclusion” समावेशीका लागि बाधाहरू शीर्षकमा बहिरा दृष्टिविहीन समाज अभिभावक समाजका अध्यक्ष लाक्पानोरु शेर्पा, डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापा, अटिजम केयर नेपाल समाजकी विशेष शिक्षिका तथा अभिभावक सिजन शाक्य बिच Panel Discussion भएको थियो । यस छलफलमा बहिरा दृष्टिविहीन समाज अभिभावक समाजका अध्यक्ष लाक्पानोरु शेर्पाले श्रवण दृष्टिविहीन अपाङ्गता भएका तथा विकासात्मक अपाङ्गता भएका व्यक्तिहरूको हेरचाहकै क्रममा अभिभावकको रोजगारी गुम्ने, उनीहरूलाई अपाङ्गताको विविधता अनुसार शिक्षा प्रदान गर्न नसिकिएको अवस्था रहेको बताउनु भयो । साथै उहाँले श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाहरूका लागि सन् २०२३ सालमा राज्यले ४ वटा श्रोत कक्षा प्रदान गरेको जस मध्ये २ वटा काठमाडौँ, मोरङ र तिलोत्तमा नगरपालिका रुपन्देहीमा सञ्चालन गरिएको भए पनि अपाङ्गता मैत्री भौतिक संरचना, स्पर्श साङ्केतिक भाषा, दक्ष जनशक्तिको अभावमा ती श्रोतकक्षाहरु सहज रूपमा सञ्चालन हुन चुनौती रहेको बताउन् भयो । त्यसै गरी अटिजम केयर नेपाल समाजकी विशेष शिक्षिका तथा अभिभावक सिजन शाक्यले Barriers to inclusion for children with disabilities समावेशीमा अपाङ्गता भएका बालबालिकाहरूका अवरोधको विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

यस प्रस्तुतीकरणका क्रममा उहाँले अटिजमको विषयमा जानकारी गराउँदै उनीहरूले भोग्न परेका विभिन्न चुनौतीहरूका विषयमा बताउनु भयो । यस Panel Discussion मा डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले डाउन सिण्ड्रोम तथा विकासात्मक अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक तथा व्यक्तिगत चुनौती, भौतिक अवरोध, सामाजिक तथा आर्थिक अवरोध लगायतका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । साथै उहाँले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको संयोजन हुनु पर्ने भन्दै अपाङ्गताको विविधतालाई सबैले स्वीकार गर्नु पर्ने बताउनु भएको थियो । उहाँले बच्चाको पहिलो विद्यालय घर हो भन्दै समावेशी विद्यालयको अवधारणा नबुझ्दा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूले हरेक कदममा चुनौतीको सामना गर्न परेको बताउनु भयो । त्यसै गरी डाउन सिण्ड्रोम अपाङ्गता स्व-वकालतकर्ताहरू रुविना श्रेष्ठ र प्रदेश अर्यालले आफूहरू डाउन सिण्ड्रोम अपाङ्गता भएकै कारणले शिक्षा लिने क्रममा, रोजगारीका क्रममा विभिन्न चुनौतीहरू भोग्न परेको अनुभवहरू सुनाउनु भएको थियो । साथै यस ३ दिने सम्मेलनमा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरू स्वीकृति पाण्डे, रुविना श्रेष्ठ, सृजना राई, प्रशान्त श्रेष्ठ लगायतले नृत्य प्रस्तुत गर्नु भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित