अपांगता भएका व्यक्तिको सशक्तिकरणका लागि नवौं ‘We Are All Able’ च्यारिटी गल्फ टुर्नामेन्ट हुँदै
अपांगता भएका व्यक्तिको सशक्तिकरणका लागि नवौं ‘We Are All Able’ च्यारिटी गल्फ टुर्नामेन्ट हुँदै
    • बेल संचार

    • ९ बैशाख २०८२, मंगलवार

काठमाडौं,

अपांगता भएका व्यक्तिहरूको सशक्तिकरणका लागि सक्षमता विकास समाज नेपाल (ADSoN) ले यही वैशाख १३ गते (अप्रिल २६, २०२५) शनिबार, गोकर्ण गल्फ क्लबमा नवौं ‘We Are All Able’ च्यारिटी गल्फ टुर्नामेन्ट आयोजना गर्ने भएको छ।

संस्थाका अनुसार करिब ८० जना गल्फ खेलाडीहरू र कर्पोरेट तथा सामुदायिक प्रायोजकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमबाट संकलन हुने रकम अपांगता भएका व्यक्तिहरूका लागि समावेशी शिक्षा, पुनर्स्थापना र सशक्तिकरण कार्यक्रमहरूमा खर्च गरिने बताइएको छ।

यस वर्षको प्रमुख लक्ष्य बागमती प्रदेशका ६ वटा सरकारी समावेशी विद्यालयमा अध्ययनरत १८२ जना दृष्टिविहीन तथा कमजोर दृष्टिका विद्यार्थीहरूलाई आधारभूत ब्रेल तथा स्पर्श शैक्षिक सामग्री उपलब्ध गराउनु रहेको छ। यसले विद्यार्थीहरूको संवेदना आधारित सिकाइलाई सहज बनाउँदै उनीहरूलाई गुणस्तरीय शिक्षा दिन सहयोग पुर्‍याउने ADSoN ले जनाएको छ।

सन् २०१४ देखि सञ्चालनमा आएको यस टुर्नामेन्टमार्फत ADSoN ले अघिल्ला वर्षहरूमा सयौं लाभग्राहीको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। अहिलेसम्म:

  • १०० भन्दा बढी विद्यार्थीहरूले छात्रवृत्ति पाएका छन्,

  • दर्जनौं व्यक्तिहरूलाई पोषणयुक्त खाद्य सामग्री प्रदान गरिएको छ,

  • ३१५ जना दृष्टिविहीन विद्यार्थीहरूले ब्रेल तथा स्पर्श शिक्षण सामग्री प्राप्त गरेका छन्,

  • कयौंले जीवनरक्षक उपचार तथा शल्यक्रिया पाएका छन्,

  • र ६७ जना अपांगता भएका व्यक्तिहरूले जैविक तरकारी खेती तथा कुखुरापालन तालिम पाएर आत्मनिर्भर जीवन बिताइरहेका छन्। ADSoN की जनसम्पर्क तथा कोष विकास प्रबन्धक निर्मला ज्ञवाली का अनुसार, “यो टुर्नामेन्टले मात्र खेल होइन, अपांगता भएका व्यक्तिहरूको जीवनमा आशा र अवसर प्रदान गर्ने अभियान हो। हरेक स्विङले कसैको जीवन परिवर्तन गर्न सक्छ।” संस्थाले सबै व्यक्ति, संस्था र व्यवसायहरूलाई टुर्नामेन्टमा सहभागी हुन, प्रायोजन गर्न वा आर्थिक सहयोग गर्न आग्रह गरेको छ।

साताकाे चर्चित
सम्बन्धित