काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुममा लडेर घाइते भएका छन्।
गएराति आफ्नै निवासको बाथरुममा लडेपछि उनको टाउकोमा चोट लागेको हो। चोट लागेपछि उनलाई राति नै उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो।
अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई टाउकोमा टाँका लगाइएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जानकारी दिएको छ। उपचारपछि उनी निवास फर्किएका छन् र हाल घरमै आराम गरिरहेका छन्।
नेताहरू तथा शुभेच्छुकहरू प्रचण्डलाई भेट्न निवास पुग्ने क्रम जारी छ।