जाजरकोट।
जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा आइतबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
भेरी नगरपालिका–१० निवासी २६ वर्षीय दीपक बुढा कारागारभित्रै मृत फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले जानकारी दिए। ‘आज बिहान कारागारभित्र झुण्डिएको अवस्थामा उहाँ भेटिनुभएको हो,’ डीएसपी शर्माले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
शर्माका अनुसार बुढा जबरजस्ती करणी आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका थिए। उनीमाथिको मुद्दा हालसम्म अदालतबाट टुंगो लागेको थिएन।
घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।