जुम्ला ।
नेकपा (माओवादी केन्द्र) कनकासुन्दरी गाउँपालिका र सिँजा गाउँपालिकाको दोस्रो पालिका अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले नयाँ पालिका समिति सर्वसम्मत रूपमा चयन गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कनकासुन्दरी गाउँपालिकाको अधिवेशनबाट अध्यक्षमा मान बहादुर जि.सी. चयन भएका छन्। उपाध्यक्षमा पूर्ण विक, सर्मिल बडुवाल र नवराज भट्ट चयन भएका छन्। त्यस्तै, सचिवमा सुसान्त बिटालु, सह–सचिवमा वीर बहादुर बुढा र कोषाध्यक्षमा मुनबिर कार्की निर्वाचित भएका छन्।
सिँजा गाउँपालिकाको अधिवेशनले तिर्थ नेपाललाई अध्यक्षमा चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा रामभक्त खत्री, महिला उपाध्यक्षमा ललिता बुढा, दलित उपाध्यक्षमा मान बहादुर कामी चयन भएका छन्। सचिवमा कर्मराज धिताल, सह–सचिवमा रतन वड, कोषाध्यक्षमा राज बहादुर बुढासहित ३९ सदस्यीय पालिका समिति सर्वसम्मत रूपमा गठन गरिएको छ।
दुवै पालिकामा सम्पन्न अधिवेशनहरूमा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनले पार्टीभित्रको एकता, अनुशासन र जनसंग सम्बन्धलाई थप बलियो बनाउने र आगामी निर्वाचनहरूमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।
नव-निर्वाचित नेतृत्वलाई बधाई दिँदै नेताहरूले अबको कार्यदिशा जनतालाई केन्द्रमा राख्दै स्थानीय विकास र सामाजिक रूपान्तरणका अभियानमा केन्द्रित हुने विश्वास व्यक्त गरेका छन्।