जुम्ला ।
हिमा गाउँपालिका १ स्थित आचार्यलिही गाउँकाे भित्रखाेला लघु जलविद्युत आयाेजनाकाे पहिराेले भत्काएकाे पावर घर करिब ३ वर्ष पछि निर्माण कार्य सुरु भइरहेकाे छ ।
२०७९ साल असार ३० गते राती पावर घरकाे नाेजेलमा काठ फसेर अड्की असर फुट्दा ओभर फलाेवाट पानी आई पावर घर भत्किए पछि । उक्त आयाेजनाका अप्रेटर गाेर्ख रावतकी श्रीमती र दुईवटा छाेराकाे मृत्यु समेत भएको थियाे ।
आयाेजनाका अध्यक्ष विर्ख रावतका अनुसार पावर घर भत्किएको र मानवकाे मृत्यु भए पछि । पुन निर्माणकाे लागि बजेटका लागि कुनै पनि निकायाले चासाे नदिए पछि विद्युत ३ वर्षसम्म अलपत्र परेकाे हाे ।
बैकल्पिक उर्जा प्रर्वदन केन्दले बजेट हाले पछि वनदेवी निर्माण कम्पनीले ठेक्का लिई कार्य सञ्चालन भई पुन विद्युत घर र कुलाेकाे निर्माण गर्न लागेकाे रावतले भने , यहि जेठकाे २५ गतेसम्म काम सम्पन हुने भएको छ ।
तीन वर्ष पछि फेरि आफ्नाे वत्ती बलेकाे देख्न पाइने भयाे । भनेर स्थानीय निकै हर्षित भएका छन् । हिमाकाे आचार्यलिही , देवारगाउँ र सिँजाकाे वडा नम्बर ५ ६ र ३ काे नराकाेट बजार , रेडियो सिँजा फुङ्ग्र , रुगा काँडागाउँ लगायतकाे करिव पाँचसय घरधुरीले याे विद्युतकाे सेवा लिएका थिए ।