परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जाइका अध्यक्षबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जाइका अध्यक्षबीच भेटवार्ता
    • बेल संचार

    • ९ जेष्ठ २०८२, शुक्रबार

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान भ्रमणको क्रममा जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोसँग टोकियोस्थित जाइकाको मुख्यालयमा भेटवार्ता गरेकी छन्। भेटमा नेपाल–जापानबीचको द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ।

मन्त्री राणाले विगत लामो समयदेखि नेपाललाई विभिन्न क्षेत्रमा दिँदै आएको सहयोगप्रति जापान सरकार र जाइकाप्रति धन्यवाद व्यक्त गरिन्। उनले आर्थिक विकास, गरिबी न्यूनीकरण, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, सुशासन र प्रजातन्त्र सुदृढीकरणजस्ता क्षेत्रमा जाइकाले पुर्‍याउँदै आएको सहयोगको सराहना गरिन्।

विशेषगरी, नागढुङ्गा सुरुङमार्ग निर्माण, सिन्धुली–बर्दिबास सडकको पुनःनिर्माण तथा मर्मतसम्भारलगायत पूर्वाधार क्षेत्रमा जाइकाको सक्रियताका लागि उनले प्रशंसा जनाइन्।

भेटमा जलवायु परिवर्तन र यसको असर, विपद् व्यवस्थापन, सुशासन, ज्येष्ठ नागरिकसँग सम्बन्धित विषयहरूमा पनि दुवै पक्षबीच विस्तृत छलफल भएको सचिवालयले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित