सिँजाको गोठीमा फर्निचर उद्योगमा भीषण आगलागी, लाखौंको क्षति
सिँजाको गोठीमा फर्निचर उद्योगमा भीषण आगलागी, लाखौंको क्षति
    • बेल संचार

    • २९ जेष्ठ २०८२, बिहीबार

जुम्ला ।

 सिँजा गाउँपालिका–४, तल्लो गोठीस्थित भवानी मस्टा फर्निचर उद्योगमा मंगलबार राति भीषण आगलागी भएको छ।

उद्यमी श्रीराम बुढाका अनुसार राति करिब साढे ९ बजे उद्योगमा आगलागी भएको हो।

राइके डाँडाबाट वायु ऊर्जामार्फत ल्याइएको विद्युत् लाइनमा सट भई आगलागी भएको उनले बताए। “आगो लागेपछि उद्योगमा रहेका सबै मेसिन जलेर पूर्ण रूपमा नष्ट भएका छन्,” बुढाले बताए।

आगलागीपछि उद्योगको संरचना र सामग्री पूर्ण रूपमा जलेर नष्ट भएपछि वडा सदस्य गोविन्दा बुढाले दुःख व्यक्त गर्दै पीडित उद्यमीलाई राहतका लागि पहल थालिने बताइन्।

नराकोट प्रहरी चौकीका निमित्त इञ्चार्ज दीपक गुरुङका अनुसार आगलागीबाट दुईवटा जेनेरेटर, एउटा रण्दा, एउटा राउटर, ४० मिटर पट्टा, ५० वटा सल्लाको काठका कडी र १० लिटर डिजेल जलेर नष्ट भएको छ।

उनका अनुसार आगलागीले झण्डै पाँच लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित