जुम्ला ।
कनकासुन्दरी गाउँपालिका–४ हाटसिँजा गाउँमा एक युवकले आत्महत्या गरेका छन्।
२२ वर्षीय जय प्रकाश उपाध्याले आफ्नै घरको शयनकक्षमा झुंडिएर आत्महत्या गरेको वडा अध्यक्ष सूर्यमर्णी हमालले जानकारी दिए।
घटनाको सूचना पाएपछि इलाका प्रहरी चौकी हाटसिँजाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ।
घटनाको कारण खुल्न नसकेको र थप विवरण आउन बाँकी रहेको वडाध्यक्ष हमालले बताए।