काठमाडौं
दक्षिण अफ्रिकाले २७ वर्षको पर्खाइ तोड्दै आईसीसी विश्व टेस्ट च्याम्पियनसिप (२०२३–२५) को उपाधि हात पारेको छ। शनिबार सम्पन्न रोमाञ्चक फाइनलमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै अफ्रिकी टोलीले आफ्नो क्रिकेट इतिहासमा नयाँ अध्याय सुरु गरेको हो।
२८२ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाका एइडेन मार्क्रमले उत्कृष्ट प्रदर्शन गर्दै १३६ रन बनाएर जितको जग बसाले। कप्तान टेम्बा बाभुमा (६६) र वियान मुल्डर (२७) को योगदान पनि निर्णायक रह्यो।
चौथो दिनको पहिलो सत्रमा लक्ष्य पूरा गर्ने क्रममा दक्षिण अफ्रिकाले तीन विकेट गुमायो, जसमा मार्क्रम पनि टिमलाई ६ रन आवश्यक पर्दा आउट भए। तर त्यसले खेलको परिणाममा असर गरेन।