भरतपुरमा ऐतिहासिक रक्तदान महोत्सव : एकै दिन १,७१७ युनिट रगत संकलन
भरतपुरमा ऐतिहासिक रक्तदान महोत्सव : एकै दिन १,७१७ युनिट रगत संकलन
    • बेल संचार

    • १ असार २०८२, आईतवार

भरतपुर।

अन्तरराष्ट्रिय रक्तदाता दिवसको अवसरमा शनिबार भरतपुरमा आयोजना गरिएको रक्तदान महोत्सवले ऐतिहासिक सफलता प्राप्त गरेको छ। ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा सम्पन्न महोत्सवमा १,७१७ जनाले रक्तदान गरेका छन्।

जिल्लाका सातै स्थानीय तहका रक्तदाताहरू सहभागी रहेको कार्यक्रममा, नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले १,५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले १८१ युनिट रगत संकलन गरेर ‘स्टोर’ गरेको जानकारी आयोजकले दिएको छ।

सोसाइटीका चितवन अध्यक्ष तथा महोत्सवका कार्यक्रम संयोजक एकराज बुर्लाकोटीले रगत अभावको समस्या समाधानका लागि यस्तो वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। “रक्तदान गर्न सक्ने धेरै व्यक्ति भए पनि संख्यात्मक सहभागिता न्यून हुने गरेकोले जनचेतनामूलक उद्देश्यसहित यो कार्यक्रम ल्याइएको हो,” उनले भने।

महोत्सवले नेपालमा हालसम्म एकै दिन एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये सर्वाधिक रगत संकलन गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको सचिव विपिन पाठकले जनाए।

उनका अनुसार २०७४ फागुन २५ मा लायन्स क्लब अफ काठमाडौंलगायत संस्थाले टुँडिखेलमा १,५०० पिन्ट रगत संकलन गरी विश्व कीर्तिमान राख्ने प्रयास गरेका थिए, जुन यो महोत्सवको संख्याले पार गरेको हो।

साताकाे चर्चित
सम्बन्धित