काठमाडौं।
राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज काठमाडौंमा बस्दैछ। बैठकमा हालैको आन्दोलनको समीक्षा, आगामी रणनीति र पार्टी संगठन सुदृढीकरणसम्बन्धी विषयमा गहन छलफल हुने भएको छ।
पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार, जेठ १५ देखि सुरु भएको आन्दोलनको मूल्याङ्कन, त्यसबाट प्राप्त अनुभव तथा आगामी आन्दोलनको स्वरूप र तयारीबारे बैठकमा कार्य योजना तय गरिनेछ। साथै पार्टीको आन्तरिक संरचना र संगठनात्मक सुदृढीकरणसम्बन्धी विषयहरू पनि छलफलको केन्द्रमा रहनेछन्।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे धारणा राख्दै, राप्रपा नेपालको भूमिका, आन्दोलनको आवश्यकता र औचित्यबारे सम्बोधन गर्ने कार्यक्रम रहेको महामन्त्री बर्तौलाले जानकारी दिए।
बैठकबाट पार्टीको आगामी रणनीति स्पष्ट हुने अपेक्षा गरिएको छ।