सिँजामा मोटरसाइकलको ठक्करबाट ९ वर्षीय बालक गम्भीर घाइते
सिँजामा मोटरसाइकलको ठक्करबाट ९ वर्षीय बालक गम्भीर घाइते
    • उमेश बुढा

    • १ असार २०८२, आईतवार

जुम्ला ।

सिँजा गाउँपालिका–नराकोट बजार नजिकै मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो लुधूस्थित सडक खण्डमा भएको उक्त दुर्घटनामा ९ वर्षीय किरण रोकाया घाइते भएका हुन्।

कर्णाली प्रदेशको चन्दननाथ नगरपालिका–६ निवासी १९ वर्षीय साजन डाँगीले चलाएको क १ प १०८० नम्बरको मोटरसाइकलले किरणलाई पछाडिबाट ठक्कर दिएको थियो। किरण, हिमा गाउँपालिका–३ मोप्लाका कर्ण रोकायाका छोरा हुन्।

बालक सडकमा हिँडिरहेका बेला पछाडिबाट मोटरसाइकलले ठक्कर दिएको हो, प्रहरी चौकी नराकोटका प्रहरी सहायक निरीक्षक ध्रुव कुँवरले जानकारी दिए।

दुर्घटनामा घाइते बालकको टाउकोमा गम्भीर चोट लागेकोले तत्काल हिमा गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको छ।

मोटरसाइकल चालक डाँगीलाई नियन्त्रणमा लिइएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित