जुम्लामा ट्रयाक्टर दुर्घटना : एकको मृत्यु, चार घाइते
जुम्लामा ट्रयाक्टर दुर्घटना : एकको मृत्यु, चार घाइते
    • बेल संचार

    • ३ असार २०८२, मंगलवार

जुम्ला।

चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा सोमबार राति भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार लु२त १११५ नम्बरको ट्रयाक्टर चन्दननाथ नगरपालिका–९ तलिउम जाँदै गर्दा दुर्घटनामा परेको हो।

उक्त ट्रयाक्टर चन्दननाथको एयरपोर्ट क्षेत्रबाट गन्तव्यतर्फ जाँदै थियो।

दुर्घटनामा परी चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक रोहित रसाइलीले जानकारी दिए।

घाइते हुनेहरूमा सोही स्थानका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रङ्गा सार्की र २२ वर्षीय ट्रयाक्टर चालक सन्तोष सार्की रहेका छन्। उनीहरूको प्रतिष्ठानमै उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित