काठमाडौं।
नेपाली बजारमा चाँदीको मूल्य लगातार नयाँ कीर्तिमान बनाउँदै गएको छ। सोमबार बनाइएको उच्च मूल्यको रेकर्ड बुधबारमै तोडिँदै चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको भाउ २ हजार १६० रुपैयाँ थियो भने सोमबार २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ पनि तीव्र गतिमा बढेको देखिएको छ। बुधबार प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ९५ हजार ९ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यो भाउ १ लाख ९५ हजार रुपैयाँ थियो।
हालसम्मको सबैभन्दा महँगो दर भने वैशाख ९ गते कायम भएको हो, जब सुन प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।