विधान महाधिवेशनअघि नेतृत्वबारे अड्कलबाजी नगर्न अर्थमन्त्री पौडेलको आग्रह
विधान महाधिवेशनअघि नेतृत्वबारे अड्कलबाजी नगर्न अर्थमन्त्री पौडेलको आग्रह
    • बेल संचार

    • ४ असार २०८२, बुधबार

काठमाडौं ।

नेकपा (एमाले)का उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको भावी नेतृत्वबारे अनावश्यक अनुमान र अड्कलबाजी नगर्न आग्रह गरेका छन्।

मंगलबार एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले नेतृत्व विषयमा अबको निर्णय पार्टीको विधान महाधिवेशनपछि मात्र हुने स्पष्ट पारे। “विधान महाधिवेशनभन्दा पहिले नेतृत्वबारे छलफल नगरौं,” पौडेलले भने, “महाधिवेशनले विधि तय गरेपछि नेतृत्वबारे छलफल गरौंला। एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन।”

उनले पार्टीमा देखिएका सामान्य समस्याहरू समाधान गर्न वर्तमान नेतृत्व सक्षम रहेको दाबी गरे। “कतै पनि धोएको मुला जस्तो, गंगा जस्तो सग्लो पार्टी भेटिँदैन,” पौडेलले भने, “तर एमाले तुलनात्मक रूपमा कम आन्तरिक समस्या भएको पार्टी हो। जे जस्ता समस्या छन्, तिनलाई समाधान दिने क्षमता वर्तमान नेतृत्वसँग छ।”

पौडेलले नेतृत्वबारे निर्णय पार्टीको विधान महाधिवेशनले बनाउने नीतिका आधारमा मात्र हुने भएकाले यस विषयमा हतार नगर्न सुझाव दिएका छन्।

साताकाे चर्चित
सम्बन्धित