विमानस्थलमा एक किलोभन्दा बढी सुनसहित भारतीय महिला पक्राउ
विमानस्थलमा एक किलोभन्दा बढी सुनसहित भारतीय महिला पक्राउ
    • बेल संचार

    • ४ असार २०८२, बुधबार

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक भारतीय नागरिक एक किलोभन्दा बढी सुनसहित पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा भारतको ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेको विमानस्थल प्रहरीले जानकारी दिएको छ।

मंगलबार राति शारजाहबाट एयर अरेबियाको उडानमार्फत काठमाडौं आएकी खेमानीलाई संकास्पद देखिएपछि जाँच गरिएको थियो।

जाँचका क्रममा विमानस्थलको आगमन भन्सार क्षेत्र अन्तर्गतको टनेलबाट उनीसँग १ किलो १५९ ग्राम अर्धठोस सुन फेला परेको हो।

सुन प्लास्टिकले बेरिएको तीनवटा डल्लाको रूपमा ल्याइएको प्रहरीले जनाएको छ।

हाल प्रहरीले आवश्यक अनुसन्धानका लागि खेमानीलाई हिरासतमा लिएको छ।

साताकाे चर्चित
सम्बन्धित