दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक राष्ट्रपति समक्ष प्रमाणीकरण
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक राष्ट्रपति समक्ष प्रमाणीकरण
    • बेल संचार

    • ४ असार २०८२, बुधबार

काठमाडौं ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले ल्याइएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार बुधबार राष्ट्रपतिले प्रमाणीकरण गरेकाे यो विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भइसकेको थियो ।

स्वास्थ्य विज्ञानको क्षेत्रमा गुणस्तरीय अध्ययन र अनुसन्धान प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकारद्वारा विधेयक ल्याइएको हो ।

शिक्षामन्त्री टङ्क राईका अनुसार, स्वदेशमै दक्ष जनशक्ति उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित यो पहल गरिएको हो ।

विधेयकले नेपाल सरकारलाई चिकित्सा शिक्षा अध्ययन–अध्यापनका लागि विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने कानुनी अधिकार प्रदान गरेको छ ।

यसै सन्दर्भमा, सरकारले कैलालीस्थित गेटा मेडिकल कलेजको संरचना प्रयोग गर्दै दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको तयारी गरिरहेको छ ।

यसो गरिँदा, सुदूरपश्चिम लगायत दुर्गम क्षेत्रका नागरिकले स्वास्थ्य शिक्षा तथा सेवामा सहज पहुँच पाउने विश्वास गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित