काठमाडौँ ।
देशको समसामयिक राजनीतिक अवस्था र संसद् अवरोधको पृष्ठभूमिमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे तय गरिएको बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् ।
प्रधानमन्त्रीका स्वकीय सचिव उदय पोखरेलका अनुसार बैठकमा हाल प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरिरहेको अवरोध, राजनीतिक समन्वयका चुनौती र पछिल्ला राजनीतिक गतिविधिबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ ।
तीन दलका नेताहरूबीच संवाद र सहकार्यलाई प्रगाढ बनाउँदै मुलुकको राजनीतिक स्थिरता सुनिश्चित गर्ने हेतुले बैठक आयोजना गरिएको बताइएको छ ।