काठमाडौं।
बजेटमा गम्भीर विभेद भएको आरोप लगाउँदै एकीकृत समाजवादीका सांसद अम्बर बहादुर थापाले प्रतिनिधि सभामा प्रत्यक्ष विरोध प्रदर्शन गरेका छन्। बिहीबार बसेको बैठकमा उनले बजेट किताब च्यातेका हुन्
सांसद थापाले बजेटले सबै क्षेत्र र वर्गलाई समेट्न नसकेको भन्दै आक्रोश व्यक्त गरे। “विकासको सन्तुलन र सामाजिक न्यायको सिद्धान्त विपरीत बजेट आएको छ,” भन्दै उनले प्रत्यक्ष रूपमा असन्तुष्टि जनाउँदै किताब च्यातेका थिए।
प्रतिनिधि सभाको बैठकमा देखिएको यो दृश्यले बजेटको विषयमा सांसदहरूबीच गहिरो असन्तोष र विभेदको अनुभूति स्पष्ट देखिएको संकेत दिन्छ।