मुगुमा करेन्ट लागेर १० वटा खच्चरको मृत्यु
मुगुमा करेन्ट लागेर १० वटा खच्चरको मृत्यु
    • बेल संचार

    • ९ असार २०८२, सोमबार

‎‎सुर्खेत।

मुगु छायानाथ रारा नगरपालिका–१२ लुम्सोमा करेन्ट लागेर १० वटा खच्चर मरेका छन् ।
विद्युत्को ट्रान्सफर्मरबाट करेन्ट लिक भएपछि चरिरहेका खच्चरहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख सरोज गिरीले जानकारी दिए ।

घटनामा तीन किसानका खच्चर मरेका छन् । प्रहरीका अनुसार छायानाथ रारा–१० का जोगीबहादुर बुढुवालका तीन, वडा नम्बर १ का पृथ्वीबहादुर ऐडीका तीन र कर्णबहादुर मल्लका चारवटा खच्चर मरेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् ट्रान्सफर्मरबाट करेन्ट लिक हुँदा उक्त घटना भएको हो ।

दुर्गम जिल्ला मुगुमा खच्चर ढुवानीको मुख्य साधन हो । एकैपटक १० वटा खच्चर गुमाउँदा किसानहरूलाई ठूलो आर्थिक क्षति भएको छ । पीडितहरूले क्षतिपूर्तिको माग गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित