राहुघाट बेसिनको पहिलो जलविद्युत् आयोजना परीक्षण उत्पादनमा
राहुघाट बेसिनको पहिलो जलविद्युत् आयोजना परीक्षण उत्पादनमा
    • बेल संचार

    • ९ असार २०८२, सोमबार

म्याग्दी ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाबाट एक सुखद खबर आएको छ। त्यहाँ निर्माण गरिएको ३७.५ मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ।

तुदी पावर कम्पनीले प्रवर्द्धन गरेको आयोजनामा बाँधदेखि सुरु भएर सुरुङ, डिसेन्डर र पेनस्टक पाइपमार्फत विद्युतगृहमा पानी झार्ने संरचनाहरू निर्माण गरिएको छ।

विद्युत उत्पादनस्थलसम्म पाँच किलोमिटरभन्दा बढी सुरुङ, करिब १ किलोमिटर लामो पेनस्टक पाइप, ११० मिटर लामो र ३० मिटर चौडाइको डिसेन्डर पोखरी निर्माण गरिएको छ।

१४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ जसले विद्युत् दाना–कुश्मा लाइनमा लिलो प्रणालीमार्फत जोड्नेछ।

अहिले अपर राहुघाट, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा छन्। यस्तो उपलब्धिले राहुघाट बेसिनमा जलविद्युत् विकासको सम्भावनालाई

साताकाे चर्चित
सम्बन्धित