एमाले सचिवालय बैठक नजिकिंदै, विधान महाधिवेशन सारिने संकेत
एमाले सचिवालय बैठक नजिकिंदै, विधान महाधिवेशन सारिने संकेत
    • बेल संचार

    • ९ असार २०८२, सोमबार

काठमाडौँ ।

नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक छिट्टै डाक्ने तयारी गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा सोमबार बिहान बसेको बैठकपछि एमालेका सचिव डा. भीष्म अधिकारीले सचिवालय बैठक बोलाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

उनका अनुसार एक–दुई दिनभित्रै सचिवालय बैठक बस्नेछ। बैठकमा भदौ महिनामा तोकिएको दोस्रो विधान महाधिवेशनको तयारी मुख्य एजेन्डा रहने बताइएको छ।

तर, जेठभित्र नै सुझाव संकलन गर्ने भनिए पनि सो प्रक्रिया सुस्त भएको र अपेक्षित सुझाव नआएकाले विधान महाधिवेशन तोकिएको समयमा सम्पन्न नहुन सक्ने नेताहरूको आन्तरिक आकलन छ। तयारी अभावका कारण महाधिवेशन सारिन सक्ने सम्भावना बढेको उनीहरूको भनाइ छ।

२०७८ सालको असोजमा एमालेले पहिलो पटक विधान महाधिवेशन सम्पन्न गरेको थियो। अब दोस्रो महाधिवेशनपछि पार्टीले आफ्नो ११औं राष्ट्रिय महाधिवेशन २०८२ फागुनभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ।

साताकाे चर्चित
सम्बन्धित