विराटनगर महानगरको ४ अर्ब ४० करोडको बजेट सार्वजनिक
विराटनगर महानगरको ४ अर्ब ४० करोडको बजेट सार्वजनिक
    • बेल संचार

    • १० असार २०८२, मंगलवार

विराटनगर ।

 विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार बसेको नगरसभाको १६औं अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट प्रस्तुत गरेकी हुन्।

बजेट स्रोतमा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ३७ करोड ९६ लाख, राजस्व बाँडफाँडबाट १ अर्ब १९ करोड २० लाख, आन्तरिक राजस्व १ अर्ब ४० करोड, मौज्दात १४ करोड, सशर्त तथा समपूरक अनुदान ८७ करोड ५७ लाख, सडक बोर्डबाट १ करोड ५० लाख र अन्य संघसंस्थाबाट १६ लाख रुपैयाँ रहने अनुमान गरिएको छ।

महानगरले कार्यालय सञ्चालनमा ६४ करोड ७५ लाख, ऋण भुक्तानीमा ५ करोड र चालु आवका बाँकी योजनामा ८ करोड विनियोजन गरेको छ।

भौतिक पूर्वाधारतर्फ गौरवका आयोजना, सडक मर्मत, बस्ती विकास, फोहोरपानी प्रशोधन, विद्युतीकरणलगायत योजनामा १ अर्ब ६८ करोड ८३ लाख बजेट छुट्याइएको छ। वडास्तरीय योजनाका लागि ४३ करोड ५६ लाख विनियोजन गरिएको छ।

सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, युवा, दलित, आदिवासी जनजाति, अपाङ्गता, खेलकुद, खानेपानी, सामाजिक सुरक्षा, रोजगारलगायत कार्यक्रमका लागि १ अर्ब ८९ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित