काठमाडौँ ।
नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बुधबार बसाउने भएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक बुधबार दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ।
बैठकमा आगामी भदौमा हुने दोस्रो विधान महाधिवेशनको तयारीसमेत समेटिनेछ। एमालेले विधान महाधिवेशन भदौको तेस्रो सातामा आयोजना गर्ने निर्णय गरिसकेको छ।