अर्थमन्त्री पौडेलले संघीय आयोजना अन्तर्गत तीन करोडभन्दा कम बजेट विनियोजनको चार मुख्य कारण खुलाए
अर्थमन्त्री पौडेलले संघीय आयोजना अन्तर्गत तीन करोडभन्दा कम बजेट विनियोजनको चार मुख्य कारण खुलाए
    • बेल संचार

    • १० असार २०८२, मंगलवार

काठमाडौँ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्रालयको विनियोजन शीर्षकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संघीय आयोजना अन्तर्गत तीन करोड रुपैयाँभन्दा कम बजेट विनियोजन हुनुका चार प्रमुख कारणहरू रहेको बताएका छन्।

उनका अनुसार, तीन करोडभन्दा कम लागत भएका साना तथा क्रमागत आयोजनाहरूमा उक्त रकमभन्दा कम विनियोजन हुन सक्ने अवस्था रहन्छ। साथै, अघिल्लो आर्थिक वर्षका दायित्व भुक्तानीका लागि पनि यस्तो विनियोजन गरिएको छ।

अर्थमन्त्रीले थप जानकारी दिँदै भने, संघीय सरकारको एकल अधिकार क्षेत्रमा तीन करोडभन्दा कम लागत पर्ने आयोजनाहरूमा पनि यसरी बजेट विनियोजन गरिएको देखिएको छ।

यस प्रकार, तीन करोडभन्दा कम लागतका आयोजनामा विनियोजन रकम कम हुनुका कारणहरू स्पष्ट रुपमा व्यवस्थापन र पूर्वाधार प्राथमिकतासँग जोडिएको बताइएको छ।

साताकाे चर्चित
सम्बन्धित