नेपाल–माल्दिभ्सबीच मेडिकल शिक्षामा सहकार्यको तयारी अन्तिम चरणमा
नेपाल–माल्दिभ्सबीच मेडिकल शिक्षामा सहकार्यको तयारी अन्तिम चरणमा
    • बेल संचार

    • १२ असार २०८२, बिहीबार

काठमाडौं।

नेपाल र माल्दिभ्सबीच माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने विषयमा सहमति नजिक पुगेको छ। सम्झौतासम्बन्धी मस्यौदा अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच भएको भेटवार्तामा द्विपक्षीय सहकार्यका विविध पक्षमा छलफल भएको थियो।

मन्त्री पौडेलले एमबीबीएसदेखि एमडी/एमएस तहसम्म माल्दिभ्सका विद्यार्थीलाई नेपालमा स्वागत गर्न तयारी भइरहेको जानकारी गराएका छन्। उनले नेपाली विद्यार्थीलाई असर नपर्ने गरी बेग्लै कोटा राख्ने प्रस्तावबारे आन्तरिक छलफल जारी रहेको बताएका छन्।

माल्दिभ्समा कार्यरत नेपालीहरूले कमाइ नेपाल पठाउन समस्या भोगिरहेको विषयमा पनि मन्त्री पौडेलले ध्यानाकर्षण गराएका थिए। जवाफमा राज्यमन्त्री गसिमले माल्दिभ्सको अर्थ मन्त्रालयसँग समन्वय गरेर समाधान गर्ने प्रतिबद्धता जनाए।

स्वास्थ्य मन्त्री पौडेलले तीन महिना अघि इन्डोनेसिया र पछिल्लो पटक जेनेभामा माल्दिभ्सका समकक्षीसँगको भेटमा पनि यो विषय उठाएका थिए। त्यसपछि मन्त्रालयले नीति परिमार्जनको गृहकार्य सुरु गर्दै कार्यदलसमेत गठन गरेको थियो। माल्दिभ्सबाट प्राप्त मस्यौदामा नेपालले आवश्यक परिमार्जन गरेर चाँडै सहमति गर्ने तयारी गरिरहेको छ।

साताकाे चर्चित
सम्बन्धित