अब सिँजामै भिडियो एक्सरे, दिउली मेडिकलमा हरेक शनिबार विशेषज्ञ सेवा
अब सिँजामै भिडियो एक्सरे, दिउली मेडिकलमा हरेक शनिबार विशेषज्ञ सेवा
    • उमेश बुढा

    • १२ असार २०८२, बिहीबार

 जुम्ला ।

सिँजा गाउँपालिका–३ स्थित नराकोट बजारमा सञ्चालनमा रहेको दिउली मेडिकल हलमा अबदेखि हरेक शनिबार भिडियो एक्सरे सेवा उपलब्ध गराइने भएको छ।

यसअघि सिँजा क्षेत्रमा भिडियो एक्सरे सुविधा नहुँदा बिरामीलाई सानो उपचारका लागि समेत सदरमुकाम खलंगासम्म वा जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो। यसले समय, खर्च र असहजताको समस्या निम्त्याउँदै आएको थियो। यही समस्यालाई ध्यानमा राखी दिउली मेडिकल हलले आफ्नै संस्थाबाट भिडियो एक्सरे सेवा सुरु गरेको हो।

मेडिकल संञ्चालक नरबहादुर रोकायाका अनुसार, यो सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका विशेषज्ञ चिकित्सकमार्फत प्रदान गरिनेछ। “बिरामीले आफ्नै गाउँघरमा सस्तो, छिटो र प्रभावकारी सेवा पाउन सकून् भनेर हरेक शनिबार भिडियो एक्सरे सेवा सुरु गरेका हौं,” उनले भने।

स्थानीयबासीहरूले यस पहललाई स्वागत गर्दै गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार भएको बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित