एसई परीक्षा बोर्डको निर्णय : २०८१ एसईई नतिजा आज साँझ ६ बजे प्रकाशित हुने
एसई परीक्षा बोर्डको निर्णय : २०८१ एसईई नतिजा आज साँझ ६ बजे प्रकाशित हुने
    • बेल संचार

    • १३ असार २०८२, शुक्रबार

काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज (शुक्रबार) साँझ ६ बजे सार्वजनिक हुने भएको छ। केहीबेरअघि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा आजै प्रकाशित गर्ने निर्णय गरेको हो।

परीक्षा नियन्त्रक गणेश भट्टका अनुसार नतिजा प्रकाशनका सबै प्राविधिक तयारी पूरा भइसकेका छन्।

चैत ७ गतेदेखि सञ्चालन भएको यसपटकको एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

साताकाे चर्चित
सम्बन्धित