मौका परीक्षा साउनको २९ गतेदेखि सबै नन ग्रेड भएका विद्यार्थीहरूले दिन पाउने
मौका परीक्षा साउनको २९ गतेदेखि सबै नन ग्रेड भएका विद्यार्थीहरूले दिन पाउने
    • बेल संचार

    • १३ असार २०८२, शुक्रबार

काठमाडौं,

१३ असार। माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् ।

परीक्षा बोर्डले यस वर्षकोएसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो ।

शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को एसईईको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् ।

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।

बोर्डले शुक्रबार साँझ २०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजा प्रकाशित गरेको हो ।

गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित