एनआरएनए अष्ट्रेलिया (NSW) को चुनावमा कर्णालीका समाजसेवी सुमन खत्रीको उम्मेदवारी घोषणा
एनआरएनए अष्ट्रेलिया (NSW) को चुनावमा कर्णालीका समाजसेवी सुमन खत्रीको उम्मेदवारी घोषणा
    • बेल संचार

    • १७ असार २०८२, मंगलवार

काठमाडौं

 कर्णालीको गाउँदेखि अष्ट्रेलियाको सिड्नीसम्म सक्रिय समाजसेवी सुमन खत्रीले आगामी गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) को निर्वाचन २०२५–२७ का लागि उप-राज्य संयोजक (Deputy State Coordinator) पदमा उम्मेदवारी घोषणा गरेका छन्।

कर्णालीको कठोर भौगोलिक परिवेशमा हुर्किएका खत्रीले सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र हुँदै सम्पूर्ण नेपालभर सामाजिक रुपान्तरणका विविध पहलहरूमा अग्रसर भूमिका निर्वाह गरेका थिए। उनले विकट बस्तीहरूमा शिक्षा, स्वास्थ्य, बाल अधिकार र युवाको नेतृत्व विकासमा पुर्‍याएको योगदान आज पनि स्थानीयको सम्झनामा अमिट छ।

अब उनी आफ्ना ती अनुभूतिको थुप्रो बोकेर अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच सेवा भावका साथ उभिन चाहन्छन्। “हिजोको अनुभव र आजको सक्रियताबाट हामी सबैको सहभागितामा एउटा समुन्नत र सक्षम डायस्पोरा निर्माण गर्न सक्छौं,” खत्रीले भने।

हाम्रो समाजको आवाज हो, हाम्रो थातथलोको आवाज हो, सिन्जाको आवाज हो, जुम्लाको आवाज हो, समग्र कर्णाली र सुदूरपश्चिमको आवाज हो — नेपालीभाषी र विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूको साझा आवाज हो। समग्र यो आवाजमा उहाँ दृढतापूर्वक बोल्नेछन्, जहाँजहाँ नेपालीको हक, पहिचान र सम्मानका सवाल उठ्छन्, ती ठाउँमा सुमन खत्रीले बेझिझक आवाज उठाउनेछन्।

यही योगदानलाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान दिलाउन र प्रवासमा रहेको नेपाली समुदायको हकहितको पक्षमा आवाज बुलन्द गर्न सुमन खत्री अग्रसर हुनेछन्।
समग्र यो आवाजमा उहाँ दृढतापूर्वक बोल्नेछन्, र जहाँजहाँ नेपाली समुदायको हक, पहिचान र सम्मानका कुरा उठ्छन्, ती ठाउँमा उहाँ निर्भीक रूपमा प्रतिनिधित्व गर्न तयार हुनुहुन्छ।

उनले नेतृत्व गरेको टिम युवाशक्तिलाई समेट्ने, अग्रजहरूको सम्मान गर्ने र पारदर्शिता तथा समर्पणमा आधारित ‘कार्य–संस्कृति’को परिकल्पनासहित मैदानमा उत्रिएको छ। खत्रीले विगतमा नेपालमा गरेका कामहरूमै आधारित रहेर अब अष्ट्रेलियामा नेपाली समुदायबीच सहकार्य, समावेशिता र सेवा भावको नयाँ ढोका खोल्ने अठोट लिएका छन्।

साताकाे चर्चित
सम्बन्धित