उपरथी पदमा पदोन्नत खत्रीलाई प्रधान सेनापतिबाट दर्ज्यानी चिह्न प्रदान
उपरथी पदमा पदोन्नत खत्रीलाई प्रधान सेनापतिबाट दर्ज्यानी चिह्न प्रदान
    • बेल संचार

    • २० असार २०८२, शुक्रबार

काठमाडौं।

 नेपाली सेनाका रविन्द्र खत्रीलाई उपरथी पदमा पदोन्नति भएसँगै प्रधान सेनापति अशोकराज सिग्देलले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

शुक्रबार जंगी अड्डामा आयोजित औपचारिक कार्यक्रममा सेनापति सिग्देलले खत्रीलाई चिह्न प्रदान गरेका हुन्। खत्रीलाई असार १३ गतेको निर्णयअनुसार उपरथीमा पदोन्नति गरिएको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उपरथी खत्रीलाई पदोन्नतिसँगै उपत्यका पृतना हेडक्वार्टरको पृतनापति पदमा जिम्मेवारी दिइएको छ।

साताकाे चर्चित
सम्बन्धित