मन्त्री पन्तको टिप्पणी : “प्रधानमन्त्री र मन्त्री विश्वविद्यालयको कुलपति बन्नु अनुचित”
मन्त्री पन्तको टिप्पणी : “प्रधानमन्त्री र मन्त्री विश्वविद्यालयको कुलपति बन्नु अनुचित”
    • बेल संचार

    • २० असार २०८२, शुक्रबार

काठमाडौं।

 त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयको नेतृत्वमा प्रधानमन्त्री र मन्त्रीहरू नियुक्त हुनु अनुचित भएको बताएका छन्।

शुक्रबार त्रिविको ६६ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले राजनीतिक हस्तक्षेप विश्वविद्यालयमा नरहनुपर्ने स्पष्ट पारे।

“म यो मान्यता राख्दिन कि मन्त्री वा प्रधानमन्त्री कुलपति वा सहकुलपति बन्नुपर्छ,” उनले भने।

उनले त्रिविका प्रमुख पदाधिकारी नियुक्तिमा पनि राजनीतिक सर्टिफिकेट आधार बन्न नहुने बताए।

“विश्वविद्यालय जान्छ यदि प्राध्यापकहरूको नियुक्ति राजनीतिक सिफारिसमा हुन थाल्यो भने,” पन्तको भनाइ थियो।

उनले अनुसन्धानमुखी विश्वविद्यालय निर्माण गर्न जोड दिँदै, त्रिविले देशलाई आवश्यक जनशक्ति उत्पादन गरिरहेको स्मरण गराए।

 

515588002_1458647618624355_585361727193249332_n

साताकाे चर्चित
सम्बन्धित