काठमाडौं ।
डिजिटल युगको चुलिँदो जोखिमहरूमाझ, एक नवप्रवर्तनशील कम्पनी IRONVEST ले विश्वभर डिजिटल सुरक्षाको परिभाषा पुनः लेखिरहेको छ। यसको नेतृत्वकर्ता हुन् – Avi Turgeman, जसले 2021 मै डिजिटल दुनियाँमा आउने संभावित खतराहरू पहिचान गर्दै “Fraud-Free Planet” को परिकल्पना गरे । उनको प्रारम्भिक दृष्टिकोणलाई कार्यान्वयनमा ल्याउने प्रमुख शक्ति बनेका छन् Kfir Yeshayahu – जसले सैद्धान्तिक योजनालाई व्यवहारिक प्रणालीमा परिणत गरे ।त्यसैगरी, विश्वव्यापी रणनीतिक विस्तारमा योगदान दिइरहेका Guy Burman, राजस्व वृद्धिमा नेतृत्व प्रदान गरिरहेका Steve Hollingsworth, र प्रविधिक सुदृढीकरणको अभिन्न हिस्सा बनेका Andrew Showstead जस्ता दक्ष नेतृत्व टोलीले IRONVEST लाई डिजिटल सुरक्षा क्षेत्रमा एक अग्रगामी कम्पनी बनाएका छन्। तर, दक्षिण एसिया, विशेष गरी भारत, एशिया, अफ्रिका र मध्यपूर्वमा IRONVEST को सशक्त उपस्थिति सम्भव बनाउने श्रेय जान्छ Vikash Sharma लाई ।
उनी IRONVEST का पार्टनर र प्रमुख सल्लाहकारका रूपमा २२ वर्षभन्दा बढीको अनुभव बोकेका भारतीय उद्यमी हुन्। AuthenticAction™ नामक पेटेन्ट प्राप्त प्रविधिमार्फत Sharma ले बैंक तथा फिनटेक संस्थाहरूलाई अकाउन्ट ह्याकिङ, फिसिङ, सिम स्वाप, र deepfake जस्ता उन्नत साइबर खतराबाट सुरक्षित बनाउने अभियानलाई तीव्र पारेका छन् । Vikash Sharma को अभियान “Fraud-Free, Fear-Free Digital Bharat” ले विशेष गरी भारतलगायत विकासोन्मुख क्षेत्रहरूमा ठूलो प्रभाव पारेको छ ।
IRONVEST अहिले एशिया, अफ्रिका र मध्यपूर्वका सयौं संस्थाहरूको भरपर्दो साइबर सुरक्षा साझेदारका रूपमा स्थापित भइसकेको छ । IRONVEST को यो मिशन केवल प्रविधिमा सीमित छैन; यो ८ अर्ब जनसंख्यालाई सुरक्षित डिजिटल भविष्य दिन प्रतिबद्ध दर्शन हो। जसरी भगवद्गीताको दोस्रो अध्याय, श्लोक ४८ मा भनिएको छ: “सफलता र असफलता दुबैलाई समान रूपमा लिई निष्काम भावले कर्म गर, यही योग हो ।”
त्यसै गरी IRONVEST को यात्रासमेत निष्ठा र निष्कलंक कर्मको अद्भुत मिसाल बन्दै अघि बढिरहेको छ ।