
काठमाडौं।
काठमाडौंमा जेनजी पुस्ताको प्रदर्शनको क्रममा प्रहरीले प्रहार गरेको रबरको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ। घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले जानकारी दिएका छन्।
अस्पतालका अनुसार हालसम्म ७०–८० जना घाइते उपचाररत छन्। मृत्यु भएका प्रदर्शनकारीको परिचय अहिलेसम्म खुल्न सकेको छैन। यस घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।