देशभर विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइयो
देशभर विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइयो
    • बेल संचार

    • १ आश्विन २०८२, बुधबार

काठमाडौं ।

आश्विन सङ्क्रान्तिका दिन पर्ने विश्वकर्मा पूजा एवं वास्तु दिवस आज देशभर श्रद्धा र उत्साहका साथ मनाइएको छ।

यस दिन विशेषगरी सवारीसाधन तथा कलकारखानामा भगवान विश्वकर्माको पूजा गर्ने परम्परा छ। सवारीधनीहरूले आफ्ना सवारीसाधन सफा गर्ने, सजाउने र मन्दिरमा गएर विधिपूर्वक पूजा गर्ने गर्छन्।

आज बिहानैदेखि काठमाडौंको भद्रकाली मन्दिरमा सवारी पूजा गर्नेहरूको घुइँचो लागेको थियो। यस्तै, कालीगढहरूले विभिन्न कलकारखानामा भगवान विश्वकर्माको बालुवाको मूर्ति वा तस्वीरमा पूजा अर्चना गर्ने परम्परा छ।

कलकारखाना सफा गर्ने, सजाउने तथा मजदुरलाई समेत सहभागी गराएर सामूहिक रूपमा पूजा गर्ने प्रचलन पनि यस दिनसँग जोडिएको छ।

साताकाे चर्चित
सम्बन्धित