हनुमानढोकामा घटस्थापनासँगै नवरात्र आरम्भ
हनुमानढोकामा घटस्थापनासँगै नवरात्र आरम्भ
    • बेल संचार

    • ६ आश्विन २०८२, सोमबार

काठमाडौँ ।

सोमबारदेखि सुरु भएको नवरात्रको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा राजधानीको हनुमानढोकास्थित दसैँघरमा आज परम्परागत विधिअनुसार जमरा राखिएको छ।
दसैँ पर्वको आरम्भ दिन मानिने घटस्थापनामा प्रत्येक घरमा जमरा राख्ने चलन रहेको छ।

बिहान नित्यकर्म पूरा गरी नजिकैको नदी वा शुद्ध स्थानबाट ल्याइएको बालुवा वा माटोलाई गाईको गोबरले लिपपोत गरिएको कोठा वा दसैँघरमा राखी त्यसमाथि जमरा छर्ने परम्परा छ।

यस दिन पूजा कोठा वा दसैँघरमा दीप, कलश र गणेशको स्थापना गरी शक्तिस्वरूपा दुर्गाको आव्हान गरिन्छ। नवरात्रभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्ने परम्परा रहँदै आएको छ।

नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाको विधिपूर्वक पूजाअर्चना गरिन्छ।

साताकाे चर्चित
सम्बन्धित