अविरल वर्षाले आन्तरिक उडान प्रभावित, अन्तर्राष्ट्रिय उडान यथावत
अविरल वर्षाले आन्तरिक उडान प्रभावित, अन्तर्राष्ट्रिय उडान यथावत
    • बेल संचार

    • १८ आश्विन २०८२, शनिबार

काठमाडौं ।

निरन्तर वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) का आन्तरिकतर्फका उडान आज स्थगित भएका छन्। बिहानैदेखि खराब मौसम भएपछि काठमाडौंबाट हुने आन्तरिक गन्तव्यतर्फका जहाज उड्न नसकेको विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिएका छन्।

उनका अनुसार भरतपुर, पोखरा, जनकपुर, भद्रपुर र तुम्लिङटारसहितका गन्तव्यतर्फ आजका उडान रोकिएका छन्। “अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा भैरहेका छन्, मौसमको अवस्थाको पुनरावलोकन गर्दै आन्तरिक उडान पुनः सुरु गर्नेबारे निर्णय हुनेछ,” पाण्डेले बताए।

आन्तरिक उडान प्रभावित भएपछि यात्रुहरूलाई असुविधा भएको छ। काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागले आज र भोलि कतिपय ठाउँमा भारीदेखि अति भारी वर्षा हुने चेतावनी दिँदै सावधानी अपनाउन आग्रह गरेको छ। विभागका अनुसार राति अझ तीव्र वर्षा हुने सम्भावना छ।

साताकाे चर्चित
सम्बन्धित