काठमाडौं।
देशभर अविरल वर्षासँगै बाढी र पहिरोको विपद्ले जनजीवन कष्टकर बनेको बेला नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (AIG) दानबहादुर कार्की स्वयं उद्धार कार्यमा अग्रपंक्तिमा खटिनु भएको छ। उच्च प्रहरी अधिकारीहरू प्रायः निर्देशन दिने भूमिकामा सीमित हुने परम्परा तोड्दै कार्कीले आफ्नै ज्यान जोखिममा राखेर बाढीपीडितलाई सुरक्षित स्थानमा पुर्याउने काममा नेतृत्व लिनु भएको हो।
यस कदमले प्रहरी संगठनभित्र मात्र होइन, सम्पूर्ण समाजमा पनि सकारात्मक सन्देश दिएको छ। कार्कीको सक्रियताले देखाएको छ– जब सरकार र राज्यका निकायहरू जिम्मेवार हुन्छन्, उद्धार तथा राहत कार्यमा वास्तविक नतिजा आउँछ।
गणेश श्रेष्ठले दिएको जानकारीअनुसार, हाल बाढी–पहिरोका कारण देशभर सयौँ परिवार विस्थापित भएका छन् र जनधनमा ठूलो क्षति पुगेको छ। यस्तो कठिन परिस्थितिमा AIG कार्की आफैं अग्रपंक्तिमा खटिएपछि प्रहरी बल, स्थानीय प्रशासन र स्वयंसेवी निकायहरू समेत थप उत्साहित भई सक्रिय भएका छन्।
विशेषज्ञहरूले समेत कार्कीको यो कदमलाई प्रेरणादायी भन्दै प्रशंसा गरेका छन्। उनीहरूको भनाइमा, प्राकृतिक विपद् नियन्त्रण र पीडितको सुरक्षामा यस्तो मैदानमै देखिने नेतृत्व नै वास्तविक ‘जिम्मेवार सरकार’ र ‘गुड गभर्नेन्स’को उदाहरण हो।