काठमाडौं । हालको अविरल वर्षासँगै आएको बाढीपहिरोले कोशी र बागमती प्रदेशका १९ स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार कोशी प्रदेशका ८ र बागमती प्रदेशका ११ ठाउँमा प्रमुख राजमार्ग तथा लोकमार्ग ठप्प भएका छन् ।
कोशी प्रदेशमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्यमपहाडी लोकमार्ग र मेची राजमार्गका विभिन्न खण्डमा पहिरो खसेपछि यातायात ठप्प भएको छ ।
यस्तै बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन् । साथै नेपाल–चीन सीमा जोड्ने सडक र कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौं जोड्ने सडक खण्ड पनि यातायातका लागि बन्द गरिएको छ ।
प्रहरीले सडक खुलेसम्म यात्रु र सवारी चालकलाई वैकल्पिक बाटो प्रयोग गर्न तथा जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरेको छ ।
हेर्नुहोस् पूर्णरुपमा अवरुद्ध भएका सडक
