काठमाडौं
कैलाली निवासी ६५ वर्षीय चन्द्र लाल पाण्डे हाल सम्पर्कविहीन भएको परिवारले जानकारी दिएको छ।
परिवारका अनुसार भारतको उत्तराखण्ड हुँदै मनाली, मनसारी, हरिद्वार, र हरिद्वारदेखि नेपाल फर्कने क्रममा उनी सम्पर्कविहीन भएका हुन्। घरायसी कामको सिलसिलामा हिमाचल प्रदेशको कुल्लु–मनाली पुगेका पाण्डे नेपाल फर्कने क्रममा घरमा सम्पर्क गर्ने बताएका थिए। तर, हालसम्म २१ दिनदेखि उहाँसँग कुनै सम्पर्क हुन नसकेपछि परिवारले खोजीमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ।
उहाँको फोन हाल अफ अवस्थामा रहेको र अन्तिम पटक मनाली क्षेत्रमा देखिएको अनुमान गरिएको छ।
सम्पर्कका लागि नेपालमा छोरी बबिता पाण्डे (WhatsApp: 9858426078), जेठी छोरी निर्मला पाण्डे 9849338961 र भारतमा छोरी मनिसा पाण्डे (WhatsApp: +91 78959 06147) मार्फत सम्पर्क गर्न सकिने परिवारले जनाएको छ।
परिवारले चन्द्र लाल पाण्डेको खोजीमा संलग्न हुने सबैलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ।