जेनजी आन्दोलनका सहिद सन्तानलाई काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति
जेनजी आन्दोलनका सहिद सन्तानलाई काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति
    • बेल संचार

    • २४ आश्विन २०८२, शुक्रबार

काठमाडौं ।

गोंगबु–बनियाटारस्थित काठमाडौं युरो आईबी वल्र्ड स्कूलले जेनजी आन्दोलनमा सहादत प्राप्त सहिदका सन्तानलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर उपलब्ध गराउने घोषणा गरेको छ ।

विद्यालयका अध्यक्ष प्रमोद पाण्डेका अनुसार परिवर्तनका लागि ज्यान आहुति दिने सहिदहरूको सम्मानमा विद्यालयले सहिद परिवारका बालबालिकामध्ये एक जनालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने निर्णय गरेको हो ।

“शिक्षा नै सशक्तिकरणको माध्यम हो । लोकतन्त्रका लागि बलिदान दिने सहिदहरूको सपना साकार पार्ने हाम्रो सानो प्रयास हो,” पाण्डेले भने ।

विद्यालयले सहिद परिवारका अभिभावक वा नातेदारलाई आवश्यक प्रमाणसहित विद्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयले यो छात्रवृत्ति योजना अन्य शैक्षिक संस्थाका लागि पनि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरेको छ ।

जानकारीका लागि काठमाडौं युरो आईबी वल्र्ड स्कूल गोंगबु, बनियाटार www.kathmandueuroschool.edu.np, info@kathmandueuroschool.edu.np

साताकाे चर्चित
सम्बन्धित