आजको मौसम : कोशी र गण्डकीका पहाडी भागमा हल्का वर्षाको सम्भावना
आजको मौसम : कोशी र गण्डकीका पहाडी भागमा हल्का वर्षाको सम्भावना
    • बेल संचार

    • २४ आश्विन २०८२, शुक्रबार

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने बाँकी क्षेत्रमा मनसुनी र स्थानीय वायु कमजोर अवस्थामा रहेका छन् ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ । अन्य प्रदेशमा भने मौसम प्रायः सफा रहनेछ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा पर्ने सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ । यद्यपि, यी प्रदेशका केही उच्च भूभागमा हल्का वर्षा हुने संभावना कायम रहने विभागले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित