कांग्रेस पदाधिकारी बैठक आज पुनः बस्दै
कांग्रेस पदाधिकारी बैठक आज पुनः बस्दै
    • बेल संचार

    • २४ आश्विन २०८२, शुक्रबार

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । बिहीबार उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा पदाधिकारीहरूले धारणा राख्ने क्रम नसकिएकाले आज पुनः बैठक बोलाइएको हो ।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा व्यक्तिका निजी सम्पत्ति, व्यापारी तथा नेतामाथि भएका आक्रमण र राष्ट्रिय सम्पत्तिमाथि गरिएका आगजनी घटनामा संलग्नलाई कानूनी कारबाही गर्नुपर्ने कांग्रेसको स्पष्ट धारणा रहेको छ ।

उनले अराजकतालाई दण्डहीनता दिनु पुँजी पलायनको खतरा बढाउने भन्दै गृह मन्त्रालयले सार्वजनिक गरेको घटनाप्रति असन्तुष्टि जनाए । महतले विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सरकार गम्भीर नभए संसद् पुनःस्थापनासहितका विकल्पबारे सोच्नुपर्ने धारणा राखे ।

साताकाे चर्चित
सम्बन्धित