काठमाडौं,
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहितका शीर्ष राजनीतिक दलहरूलाई सर्वदलीय बैठकका लागि आह्वान गरेका छन् । चुनावको कार्यतालिका सार्वजनिक भइसकेको तर सरकार र दलबीच पर्याप्त संवाद हुन नसकेको परिस्थितिमा बैठक बोलाइएको हो । बैठक आज दिउँसो ४ बजे शीतलनिवासमा बस्नेछ ।
यसअघि हिजो राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो । भेटमा राष्ट्रपति पौडेलले आसन्न निर्वाचनलाई सहज बनाउन राजनीतिक वातावरण तयार गर्न सुझाव दिएका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले तयारी अगाडि बढाइरहेको र सरकार पनि आवश्यक पूर्वाधार तथा व्यवस्थापकीय तयारीमा रहेको जानकारी गराएकी थिइन् ।