दुई वर्षअघि हमासको नियन्त्रणमा परेका नेपाली नागरिक विपिन जोशी जीवित नरहेको पुष्टि भएको छ। हमाससँग सम्बन्धित सशस्त्र समूह ‘कस्साम ब्रिगेड’ले टेलिग्राममार्फत विज्ञप्ति जारी गर्दै जोशीसहित चार बन्धकको मृत्यु भएको जनाएको हो।
विज्ञप्तिअनुसार मृतकहरूमध्ये गाई इलाउज, योसी शाराबी, ड्यानियल पेरेज र नेपालका विपिन जोशी रहेका छन्। कस्साम ब्रिगेडले उनीहरूको शव आज हस्तान्तरण गरिने जनाएको छ।
यो जानकारीका लागि अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिरा ले कस्सामको विज्ञप्तिलाई उद्धृत गरेको छ।
विपिन जोशी सन् २०२३ मा इजरायलमा रहेका बेला हमासले आक्रमण गर्दा सम्पर्कविहीन भएका थिए। त्यसयता उनलाई खोजी प्रयास जारी रहे पनि जीवित अवस्थाको पुष्टि हुन सकेको थिएन।